साझा प्रकाशनको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन् ।
पुस २१ गतेदेखि २४ गतेसम्म भएको साझ प्रकाशनको २४औँ साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा डा. सुब्बालाई निर्वाचित गरेको हो ।
अध्यक्षका लागि भएको निर्वाचनमा साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी डा जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरे । डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । यसअघि सरकारले नियुक्त गर्दै आएको साझामा पहिलो पटक निर्वाचन भएको हो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।
कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको साझा प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको थियो । खसेकोमध्ये ४८ मत बदर भएको छ ।
प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भएसकेका छन्।