• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

म नेकपामा प्रवेश गरेको छैन : दीपक मनाङे

होमपेज / राजनीति
  • १९२ पटक पढिएको


  • २०७७ पौष २४, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) ले आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश नगरेको बताएका छन्।

    सेतोपाटीसँग कुरा गर्दै उनले आफूले स्वतन्त्र रुपमा जितेको हुँदा बहुमतको सरकार बनाउन त्यतिकै हस्ताक्षर मात्र गरेको विषयलाई नेकपामा प्रवेशनै गरेको भन्नु गलत हुने तर्क गरे।

    ‘मैले प्रदेशसभामा गएर एक कप चिया पनि खाएको थिएन,’ मनाङेले भने, ‘प्रदेशमा बहुमतको सरकार बनाउनुपर्छ भन्ने कुरा आयो र मैले ठिकै छ, विकासको सवालमा सहयोग गर्नुपर्छ भनेर त्यतिकै हस्ताक्षर गरिदिएको हुँ। तर म नेकपामा प्रवेश गरेको होइन।’

    उनले आफूले अपेक्षा गरेअनुसार दलका प्रतिनिधिले विकास नगरेको बताए। ‘मैले विकास भएको खासै देखिनँ, खाली लडाई झगडा र आफ्नो पार्टीको लडाईमै रुमल्लिएको देखेँ,’ मनाङेले भने, ‘यसले विकासमा पनि एकदमै समस्या उत्पन्न भयो।’

    नेताहरू जहिले पनि कसरी पैंसा कमाउने भनेर लाग्ने हुँदा विकास हुन नसकेको उनको भनाई छ।

    यतिबेला नेकपा पार्टी फूट्ने कुरा तीब्र गतिमा भइरहेको भन्दै जे हुने हो, त्यो चाँडो हुनुपर्ने उनको तर्क थियो। ‘कि मिल्नुपर्‍यो, कि फूट्नु पर्‍यो,’ उनले भने, ‘यत्तिकै जाने हो भने त हामीले पाँच वर्षमा के गर्ने? खालि निदाउँदै बस्ने?’

    नेकपा भित्रको विवादले आफूहरू जस्ता स्वतन्त्र रुपमा जितेका उम्मेद्वावारलाई फाइदा पुग्ने उनको बुझाई छ।

    ‘हामी जस्ता स्वतन्त्र क्यान्डिडेटलाई सबै पार्टी फूटे फाइदा हुने हो,’ उनले भने, ‘नेकपा मात्रै होइन, नेपाली काँग्रेस फुटे पनि हामीलाई नै फाइदा हुने हो।’

    आफूले अहिलेसम्म पनि कुन चाँही नेकपा हो? भनेर बुझि नसकेको उनको भनाई थियो। ‘एउटाले साईन गराउँदै हिँडेको छ र अर्कोले केन्द्रीय सदस्य बनाउँदै हिँडेको छ,’ मनाङेले थपे, ‘म कुन चाँहीलाई नेकपा भनौं? आफैं कन्फ्यूज छु।’

    उनले आफूहरू बालबालिका स्कूल गएको जस्तै गरि हाउस गइरहेको तर्क गरे। ‘यो बीचमा केही पनि डेभलेपमेन्ट मैले देखेको छैन। हाउस गयो, पन्ध्रसय रूपैंया दिन्छ थाप्ने हो, बस्ने हो,’ उनले भने।

    तर, उनले राजनीतिमा केही असल मानिस पनि रहेको र सबैलाई गलत भन्न नहुने बताए।

    उनले नेपालमा समानुपातिको नाममा उच्च दक्षता भएको मान्छेलाई मात्र ल्याउनुपर्ने बताए।

    ‘पहाडमा पैंसा दिनेहरु र मधेशमा नेताका महिला साथीहरू मात्रै समानुपातिकमा छन्’, समानुपातिकमा त हाइली क्वालिफाइड मान्छे ल्याउनुपर्‍यो नि,’ उनले भने।

    राजनीति भन्दा आफूले गर्दै आएको समाजसेवा नै ठिक

    राजनीति भन्दा आफूले पहिलेदेखि गर्दै आएको सामाजिक काम धेरै राम्रो भएको उनले जिकिर गरे। उनले राजनीति गरेर कुनै काम नरहेको तर्क गरे।

    ‘मैले एक्लो मान्छेले चहादैमा नीति निर्माण गर्न पाउने होइन। मैले सपोट गरेर जाने हो,’ मनाङेले भने, ‘उनीहरूले बजेट दिए काम गर्ने हो, नदिए हामीले केही गर्न पाउँदैनौं।’

    उनले अब आफू धेरै समय राजनीति नगर्ने भन्दै कोही जुनियर युवा खोजिरहेको र उसैलाई आफ्नो ठाउँ दिने सोच बनाएको जानकारी दिए।

    मैले हालसम्म खोजेको जस्तो कुनै पनि युवा सक्रिय रुपमा आएका छैनन्। त्यस्ता युवा आउनासाथ म राजनीति छोडिदिनेछु’, उनले भने, ‘मलाई आफ्नो सामाजिक कामले नै पुग्छ, त्यसका लागि राजनीति गरिरहनु जरूरी छैन। संगठन नेपालभरि छँदैछ टाईमटाईममा घुम्ने हो यसैगरी। त्यति भए मलाई पुग्छ।’

    उनले अब आफूलाई राजनीति गरेर केही नहुने भन्दै आफ्ना सबै व्यापार विजनेश चौपट भइसकेको बताए।

    ‘मनाङमा आफूभन्दा पहिलेका जनप्रतिनिधिले कुनै विकास निर्माणका काम नगरेको हुँदा जिल्लाको विकास गरेर देखाउने मेरो चुनौति छ’, उनले भने, ‘ चर मैंले राजनीतिमा लागेर कुनै पनि काम गर्ननै पाएको छैन।’

    मनाङको विकासमा राज्यले हेरेन

    उनले मनाङमा राज्यले पर्यटन पवर्धनमा सघाउनुपर्ने राय राखे। मनाङको होटेल व्यवसाय राम्रो रहेको भन्दै उनले बाटो निर्माणमा राज्यले ध्यान दिने हो भने मनाङले विकासको फड्को मार्ने उनको तर्क छ।

    मनाङ धार्मिक र पर्यटकीय दृष्टिकोणले नेपालकै चर्चित ठाउँ भएको भन्दैं यतातिर सरकारको ध्यान जान जरूरि रहेको उनले बताए।

    उनले नेपालका एयरपोर्टहरुमा बिदेशी मात्रै देखिने चर्चा गर्दै मनाङ जस्तो पर्यटनको ठूलो सम्भावना भएको जिल्लामा आन्तरिक पर्यटक घुमाउन राज्यले समेत भूमिका खेल्नुपर्ने बताए।

    ‘मनाङ–मुस्ताङ, रोल्पा भनेका वीन्टर टुरिजम हुने क्षेत्र हुन, तर, नेपालीको सोच देख्दा मलाई हाँसो उठ्छ,’ उनले भने ‘हिँउसँग खेल्ने र रमाउने मानिसहरुलाई वीन्टरमै त्यहाँ लैजाने व्यवस्था मिलाउनु पर्छ। तर, सरकारले नसिकाएको हुँदा हिउँदमा हिँउ परेपछि सबै होटेल बन्द गरेर काठमाडौं जाने गलत प्रचलन भत्काउन आवश्यक रहेको छ।’

    उनले मनाङमा आफूले आइसक्लाइम्बिङ सम्वन्धि स्पोर्ट ल्याएकोसमेत बताए।

    आफ्नो प्रयास सफल भइसकेको भन्दै उनले यो वर्षमा कोरोना भाइरसको समस्या नभएको भए विश्वका २० देशले त्यसमा प्रतिपर्धा गर्ने तयारी गरिसकेको दाबी गरे।

    आफूले मनाङ समाजको ५/६ हजार रोपनी जग्गामा स्याउ र ओखर रोप्ने योजना रहेको समेत सुनाए। त्यसबाट आउने आम्दानीले त्यहाँका बालबच्चालाई पढाउने र जेष्ठ नागरिकलाई पनि सरकारले दिने मासिक भत्ता भन्दा बढी रकम दिने आफ्नो ठूलो सपना रहेको बताए।

    म स्पोर्टमा लागेकाले गाँजाको कुलतमा फसिनँ

    आफूलाई पहिलेदेखि नै मार्सल आर्ट र स्पोर्टमा रूचि भएकाले कुलतमा नफसेको दाबी गरे।

    ‘त्यो जमानामा ठमेलमा सबैले गाँजा खान्थे। फ्रान्सिडल खान्थे । तर, मैले ती केही खाइनँ। किनकि, म खेलकुदमा लागेको थिएँ,’ उनले भने, खेलकुदमा लागेपछि मान्छे, नराम्रो कुरामा लाग्दै नलाग्ने हुँदो रैछ।’

    खेलकुदमा अत्यान्तै लगाव भएकाले आफू दाङमा पनि साना युवाहरुले आयोजना गरेको भलिबल प्रतियोगिता उद्घाटनमा आएको उनको धारणा राखे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution