• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

अमेरिकामा राष्ट्रपतिका लागि चुनाव जितेर मात्र हुदैन ,यसरि घोषणा हुन्छन् राष्ट्रपति विजेता

होमपेज / अन्तर्राष्ट्रिय
  • ३६८ पटक पढिएको


  • २०७७ पौष २४, शुक्रबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • अमेरिकामा राष्ट्रपतिका लागि चुनाव हुने भए पनि जसले बढी मत ल्यायो उसले चुनाव जित्दैन। राष्ट्रपतिको चुनाव जित्न इलेक्टोरल कलेज मतमा बहुमत ल्याउनु पर्छ। अमेरिकाभरि ५३८ इलेक्टोरल कलेज मत छन्। राज्यको जनसंख्या र भूगोलका आधार विभिन्न राज्यको फरक-फरक इलेक्टोरल कलेज मत संख्या निर्धारण गरिएको छ। राष्ट्रपति जित्न बहुमत अर्थात् २७० इलेक्टोरल कलेज मत ल्याउनु पर्छ।

    कहिलेकाहीँ देशभरिबाट बढी मत ल्याए पनि इलेक्टोरल कलेज मत कम आउँदा उम्मेदवार पराजित हुन्छन्। सन् २०१६ को निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा झन्डै ३० लाख बढी मत ल्याएर पनि इलेक्टोरल कलेजमा हारेकी थिइन्।

    कसले कति इलेक्टोरल कलेज मत पायो भन्ने अनौपचारिक रूपमा चुनावको केही दिनमै थाहा हुन्छ। तर त्यसको औपचारिक प्रक्रिया पूरा हुन भने हप्तौं लाग्छ।

    बुधबार त्यही प्रक्रियाको अन्तिम चरणको काम हुँदै थियो।

    अमेरिकामा चुनाव गर्न राज्यका आ-आफ्नै नियम छन्, देशैभरि एकै नियम छैन। चुनावको कति दिनमा मतपरिणाम पठाउने भन्ने राज्यको नियममा भर पर्छ।

    अमेरिकामा हरेक चार वर्षमा नोभेम्बर महिनामा राष्ट्रपतिको चुनाव हुन्छ।

    नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार राष्ट्रपतिका लागि मतदान हुन्छ।

    यसरी भएको मतदानमा आफ्नो राज्यका इलेक्टोरल कलेज मतको परिणाम निर्वाचन अधिकारीहरूले प्रान्तीय संसदमा पठाउँछन्।

    प्रान्तीय संसदले गभर्नरमार्फत् उक्त मतपरिणाम राष्ट्रपति र उपराष्ट्रपतिलाई पठाउँछन्। चुनाव भएको ४१ दिनभित्र गभर्नरले मत परिणाम पठाइसक्नुपर्छ।

    उक्त मतपरिणामलाई संघीय संसदका दुबै सदनले जनवरी ६ मा प्रमाणीकरण गर्नुपर्छ। अर्को दिन बैठक बस्नु पर्ने भए कानुन नै बनाउनु पर्छ। मतपरिणाम प्रमाणित गर्न दुबै सदनको संयुक्त बैठक बस्छ। यस्तो बैठकको नेतृत्व उपराष्ट्रपतिले गर्छन्।

    बुधबार पनि उपराष्ट्रपति माइक पेन्सले दुबै सदनको बैठक चलाइरहेका थिए।

    सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले मंगलबारमात्रै उपराष्ट्रपति पेन्सले संसदको बैठकबाट आफूलाई जिताउन सक्ने बताएका थिए। पेन्सले भने आफूले संविधानले दिएको काममात्रै गर्ने र संविधानले निर्वाचन परिणाम उल्टोपाल्टो पार्न आफूलाई कुनै अधिकार नदिएको जवाफ दिएका थिए।

    बुधबार पेन्सले संसदको बैठक चलाइरहेका बेला ट्रम्प समर्थकहरू हुलहुज्जत गर्दै संसद भवनमा पसे।

    इँटा, बोतल र बन्दुक लिएर गएका उनीहरूले तोडफोड गरे र हिंसा मच्चाए। संसद भवनभित्र पसेका उनीहरूले पेन्स र सभामुख न्यान्सी पेलोसीको कुर्सीमा बसेर ट्रम्पले चुनाव जितेको घोषणा गरे।

    उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। उक्त हिंसामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ।

    ट्रम्प समर्थकको उपद्रोले संयुक्त सदनको काम केही घन्टा अवरोध भयो।

    केही घन्टापछि पेन्सले संसदको बैठक चलाइरहेका छन्। उनले हरेक राज्यबाट आएको मतपरिणाम सुनाउँछन् र कसैको दाबी विरोध छ कि भनेर सोध्छन्।

    प्रान्तले पठाएको परिणाममा दाबी विरोध गर्न तल्लो र माथिल्लो दुबै सदनका एक-एक जना सांसद हुनुपर्छ।

    कुनै राज्यको परिणाममा दाबी विरोध पर्‍यो भने दुबै सदनको छुट्टाछुट्टै मतदान हुन्छ। दुबै सदनको बहुमतले पारित गरेपछि मत परिणाम पारित हुन्छ। सबै राज्यको मतपरिणाम यसै प्रक्रियाबाट पास भएपछि नयाँ राष्ट्रपतिमा विजेताको घोषणा हुन्छ।

    नयाँ राष्ट्रपतिले जनवरी २० मा राष्ट्रपतिको सपथ लिन्छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

    अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको कार दुर्घटनामा निधन

    श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

    श्रीलंकाका एक सांसदले सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए अनि आत्महत्या गरे

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution