उत्तर कोरियाली सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति किम जोङ उनले कूटनीतिक सम्बन्ध बढाउने र अन्तर कोरियाी सम्बन्धबारे नयाँ रणनीति अपनाउने बताएका छन्। अमेरिकामा नयाँ राष्ट्रपतिले शपथ लिनुभन्दा दुई हप्ता अघि किमले पार्टी बैठकको आयोजना गरेका छन्।
स
त्तारुढ वर्कर्स पार्टीको ८ औं बैठक यस्तो समयमा भएको छ, जतिबेला अमेरिकी प्रतिबन्धबाट राहतको सट्टा उत्तर कोरियाली परमाणु र मिसाइल कार्यक्रमलाई बन्द गराउने वार्ता लामो समयदेखि रोकिएको छ।
सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार बैठकको तेस्रो दिन बिहीबार किमले दक्षिण कोरियासँगको सम्बन्धबारे वर्तमान अवस्था र बदलिँदो परिस्थितिअनुसार परिवर्तन हुने विषय र विदेश नीतिमा चर्चा गरे।
केसीएनएका अनुसार उनले पार्टीको नीति दिशा विदेशी सम्बन्ध विस्तार गर्नेमा केन्द्रित हुने घोषणा गरेका छन्।
उता जो बाइडेनमाथि अब उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोध अन्त्ये गर्ने जिम्मेवारी छ। २०१९ मा राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच भएको दोस्रो शिखर वार्तामा कुनै सहमति हुन सकेको थिएन।
समाचार एजेन्सी रोयर्टससँग सियोलस्थित उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्रोफेसर यांग मू जिनले भने, ‘किमले दक्षिण कोरिया र अमेरिकाको सम्बन्धमा अधिक सक्रिय भूमिका खेल्ने प्रयास गरिरहेका छन्। साथै २०१७ मा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम)को सफल परीक्षण र ट्रम्पसँगको शिखर सम्मेलनका कारण आत्मविश्वासले भरिएका थिए। यस्तो लाग्छ अहिले बाइडेन सरकारसँग कस्तो सम्बन्ध बनाउने भन्ने विचार गरिरहेका छन्।’
२०१८ मा परमाणु र आईसीबीएम परीक्षणमा आफूमाथि रोक लगाए पनि उत्तर कोरियाले आफ्नो हतियारलाई बढाउन जारी राख्यो र अक्टूबरको परेडमा आफ्नो सबैभन्दा शक्तिशाली आईसीबीएम पेश गर्यो।
बुधबार किमले सैन्य क्षमतालाई उच्च स्तरमा विस्ता गरिने बताए। २०१८ मा शिखर सम्मेलनका क्रममा अन्तर कोरियाली सम्बन्धमा केही हदसम्म सुधार भयो तर परमाणु वार्ता रोकिँदा फेरि सम्बन्धमा तिक्तता आयो।
सियोलका यूनिफिकेशन मिनिस्ट्रीका एक अधिकारीले उत्तर कोरियाले पहिलो पटक ‘दक्षिण कोरिया मामिला’ ट्रमको प्रयोग गरेको बताए। जसलाई सामानय रुपमा ‘उत्तर–दक्षिण सम्बन्ध’ भनिन्थ्यो।
केसीएनएका अनुसार किम जोङको जन्मदिनका अवसरमा शुक्रबार पनि बैठक हुने छ। यस दिन उत्तर कोरियाली सैन्य परेड र अन्य कार्यक्रम हुने जनाइएको छ। बैठक सकिएपछि किमले आफ्नो नयाँ योजनाबारे केही घोषणा गर्ने अपेक्षा छ।