• मेनु
  • प्रदेश शंस्करण
  • समाचार सार
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (29)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि

    बालेन जस्ता केहि यूवाहरु देशमा भए कुनै नेताको आवश्यक पर्दैन ; पुर्व राजा शाह (सहि / गलत )

    ८ महिना अघि

    अदालतले दिएन सन्दीप लामिछानेलाई पक्राउ गर्ने अनुमति

    ८ महिना अघि

    ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

    ८ महिना अघि

    औपचारिकतामै सीमित कांग्रेस अभियान

    ८ महिना अघि
  • समाचार सार
आज: २०८० जेष्ठ १९, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

तीन महिनापछि ओलीको साथमा कुनै नेता बस्ने छैनन : योगेश भट्टराई

होमपेज / राजनीति
  • २२० पटक पढिएको


  • २०७७ पौष २३, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रचण्ड–नेपाल नेतृत्वको नेपालका नेता तथा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले तीन महिनापछि प्रधानमन्त्री ओली एक्लै हुने जिकिर गरेका छन्।

    ‘तीन महिनापछि ओलीको साथमा कुनै नेता बस्ने छैनन्’,पोखरामा बिहीबार प्रचण्ड–नेपाल पक्षीय जनवर्गीय संगठनलाई प्रशिक्षण दिने क्रममा उनले भने,‘ अहिले पदको लोभमा लागेका साथीहरूले केपीको साथ छाडिदिने छन्।’

    उनले तीन महिनाभित्रमा संसद पुनःस्थापना हुने संकेत गर्दै त्यसपछि ओलीलाई नेता कार्यकर्ताले छाड्ने दावी गरेका हुन्। उनले ओलीलाई परिस्थिति बुझेर पुरानै घर फर्कन आग्रह पनि गरे। उनले पूर्वमहान्याधिवक्ताहरु र कानूनका ज्ञाताहरुले संसद विघटन असंवैधानिक हो भनेको प्रसंग झिक्दै संसद पुनःस्थापना भएरै छाड्ने बताएका हुन्।

    प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारी र प्रतिगमनकारी भएको बताउँदै अगाडि भने, ‘ओलीले क्रान्तिमाथि कुठाराघात गरे, अग्रगमनमाथि, संघीय लोकतन्त्रमाथि कुठाराघात गरे, त्यसैले उनी प्रतिक्रान्तिका नायक हुन्, प्रतिगमनकारी हुन्।’

    उनले प्रधानमन्त्री केपी ओलीले गलत नियतले संसद भंग गरेको जिकिर पनि गरे। केपीको कदमलाई पूर्वराजा ज्ञानेन्द्रको कदमजस्तै भएको उनको भनाई थियो।

    ‘जसरी पूर्वराजा ज्ञानेन्द्रले जनताको जनादेश खोसेर शासन सत्ता आफ्नो हातमा लिएर गल्ती गरे त्यस्तै गल्ती ओलीले गरेका छन्’ बिहीबार पोखरामा सो समूहको जनवर्गीय संगठनको लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘पार्टीले प्रधानमन्त्रीको राजीनामा मागेको पनि थिएन, प्रधानमन्त्रीको नियत ठिक छैन।’

    उनले पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीलाई काम गर्न कतै नरोकिएको पनि जिकिर गरे।

    ‘पाँच वर्षको लागि प्रधानमन्त्री बन भनेर कागजमा लेखेर दिएकै थियो, संवैधानिक निकाय, राजदूत, मुख्यसचिव र मन्त्री नियुक्ति आफ्नै खल्तीबाट निकालेर गर्नुभएको थियो’, उनले भने,‘ यदि आफ्नै पार्टीबाट काम गर्न अप्ठेरो भएको भए, अर्को व्यक्ति प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकिन्थ्यो त्यसो किन गर्नुभएन?’

    प्रधानमन्त्री ओलीले संकटकाल घोषणा गर्न सक्ने आशंका भए पनि सो कदमलाई नेपाली सेना र जनताले साथ नदिने नेता भट्टराईको जिकिर थियो।

    ‘नेपाली सेना सधैँ सत्ताको पक्षमा हुँदैन, पूर्वराज ज्ञानेन्द्रका साथमा पनि सेना थिए तर गलत कदमको पछि सेना लाग्दैन’, उनले भने, ‘नेपाली सेना जनताको पक्षमा नै हुन्छ।’

    उनले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र जत्ति बलियो पनि नभएको जिकिर गर्दै ओली तीन महिनामै गल्ने बताए।

    उनले संसद् विघटनका विरुद्ध थालिएको शान्तिपूर्ण सडक आन्दोलन र कानूनी लडाइँमा फरक भएको बताए। उनले पार्टीका ४४१ केन्द्रीय सदस्यमध्ये मध्ये ३१५ जना प्रचण्ड–माधव समूहमा रहेकोले पनि आफूहरु आधिकारिक नेकपा भएको जिकिर गरे।

    कार्यक्रममा प्रचण्ड–माधव नेपाल समूह गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले आफूले काम गर्न पाइन भनेर बनावटी कुरा गरेको जिकिर गरे।

    ‘विपक्षीहरूले वाइडवडी, सेक्युरिटी मेसिन खरिद, ओम्नी काण्डका बारेमा कुरा उठाइएका थिए तर हामी मौन बस्यौँ’, उनले भने,‘ अहिले बनावटी कुरा बनाएर काम गर्न नदिएको भन्दै हिँड्नु प्रधानमन्त्रीको महाभूल हो।’

    सो अवसरमा पार्टीका केन्द्रीय सदस्य चूडामणि जंगलीले पाँच वर्षका लागि प्रधानमन्त्री खानुहोस् भनेर लेखेर दिँदा समेत संसद् भंग गरेर ओलीले नेपाललाई सिरिया र अफगानिस्तान बनाउन खोजेको आरोप लगाए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

    ताजा समाचार
    १.

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    ८ महिना अघि
    २.

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    ८ महिना अघि
    ३.

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    ८ महिना अघि
    ४.

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    ८ महिना अघि
    ५.

    कांग्रेसलाई एमालेको प्रस्ताव – सिंगल सिंगल भिडौं, गठबन्धन टुटे पनि माओवादी बोक्दैनौं

    ८ महिना अघि
    ६.

    समानुपातिकमा २० लाख भोट ल्याउँछौंः नेपाल

    ८ महिना अघि
    समाचार
    थप

    चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो – कमल थापा

    बैतडीमा पम्प खुलेको १३ वर्षपछि पेट्रोल बिक्री सुरु

    हामी छिट्टै निर्वाचन पछि सिंहदरबारमा पुग्छौं’ भष्ट्र र जनताका लुटेराहरुलाइ एक एक कार्वाही गरिनेछ : रवि लामिछाने

    निर्वाचन घोषणा भएपछि कर्मचारी सरुवा र नियुक्ति गर्नु गलत : अध्यक्ष ओली

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ
    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने
    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५
    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८
     

    Online Khabar News

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution