न्युज २४ टेलिभिजनबाट चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले विदा लिएका । उनले टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा काम गर्दै आएका थिए ।
पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरेका छन्। उनले आफूले टेलिभिजन छाडेको कुरा न्युज टिमलाई समेत जानकारी दिइसकेका छन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आउनुभएको सिधा कुरा जनतासँगको ६३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ ।
उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुनेछ । कार्यक्रम निर्माण टोलीका एक सदस्यले भने, ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको हो तर स्वीकृत भएको थिएन, नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँले टिभी छाड्नुभएको हो।’
उक्त सदस्यका अनुसार कार्यक्रमको दुई/तीन एपिसोड मात्रै अब प्रसारण हुनेछ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन् |