मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा वेदनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीसँग ११ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।
मिलोमतोमा संलग्न नायब सुब्बा बरालसमेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।