प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कालो रङ्गदेखि नै डराउन थालेका छन् । पछिल्लो समय आफ्नै पक्षका विभिन्न कार्यक्रममा कालो रङ्गका मास्क, गलबन्दी र टोपी लगाउन प्रतिबन्ध लगाउन थालेका छन् ।
कालो रङ्गका लुगा लगाएका कतिपयलाई कार्यक्रममा प्रवेश निषेध समेत गरिएको छ । यसको सामाजिक संजालमा ब्यापक चर्चा र विरोध भैरहेको छ।
यस्तै सुदुरपश्चिमको धनगढीमा प्रधानमन्त्री ओली उनी पक्षको आमसभालाई सम्बोधन गर्न जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्था मात्र होइन कार्यक्रम स्थलमा कालो रङ्गलाई नै बर्जित गरिएको छ ।
ओलीले धनगढीमा पुस २४ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी विभाजनपछि पहिलोपटक उपत्यकाबाहिर जान लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ ।