नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बताइएको छ । गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुने छ ।
अभियानमा १५०१ सदस्यीय कमिटी हुने छ । यसको संयोजक वामदेव गौतम स्वयं हुने छन् । नेकपा विभाजन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले अन्तिम समयसम्म एकताका लागि संघर्ष गर्ने बताउँदै आएका छन् ।
एकताका लागि दबाब दिन अभियान चलाउन लागेका हुन् । अभियानमा नेकपाको ओली र प्रचण्ड कुनै पनि समूहमा आवद्ध नभएकाहरु हुने छन् ।