नेपाली स्टार स्पीनर सन्दीप लामिछाने आगामी सिजनका लागि पाकिस्तानी सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन्। एक सिजन पीएसएल खेलिसकेका सन्दीप विदेशी खेलाडीको प्लाटेनियम क्याटागोरीमा सूचीकृत भएका छन्।
उनी पीएसएलको सबैभन्दा महंगो विदेशी खेलाडीको सूचीकृत भएका हुन्। यो क्याटागोरीमा राशिद खान, क्रिस गेल, क्रिस लिनलगायतका २५ जना विदेशी खेलाडी सूचीकृत छन्।
सन्दीपले एक सिजन पीएसएल खेलिसकेका छन्। तर, गत सीजनमा ड्राफ्टमा परेका सन्दीपलाई कुनै पनि फ्रेन्चाइजले अनुबन्ध गरेन। हाल सन्दीप अष्ट्रलियन क्रिकेट लिग बीग बास लिगमा होबर्ट हुरिकेन्सबाट खेलिरहेका छन्।
सन्दीप विश्वका व्यस्थ क्रिकेटरमा पर्छन्। उनले विश्वभर फ्रेन्चाइज लिग खेल्ने गरेका छन्।