दाङको नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट मंगलबार एक जना स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका ६५ वर्षीय टोपेन्द्रकुमार पोखरेल रहेको प्रहरीले जनाएको छ।
लमहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले पूर्वतर्फ जाँदै गरेको रा ४ प १५६६ नम्वरको स्कूटरलाई ठक्कर दिएको थियो ।
दिउँसो २ बजेतिर एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पोखरेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले सेतोपाटीलाई जानकारी दिए।चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन्।