• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सांसदलाई हाताहाती मन्त्री अफर, प्रतिपक्षलाई सरकारमा साझेदारी प्रस्ताव

होमपेज / प्रदेश नं. १
  • ८७६ पटक पढिएको


  • २०७७ पौष २१, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दुई–तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अविश्वासको प्रस्ताव दर्ता भएसँगै एक सातादेखि अल्पमतमा छन् । गत आइतबारदेखि अल्पमतमा परेका मुख्यमन्त्री राईले सत्ता जोगाउन प्रचण्ड–माधव समूहका सांसद तथा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसलाई फकाउन थालेका छन् ।

    मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहमा ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये एक जना उदयपुरकी सांसद कला घले ओली पक्षमा आएकी छन् ।

    ४७ सांसद आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव समूहका नेताको दाबी छ । सो समूहको दाबी अनुसार ६७ प्रदेशसभा सदस्यमध्ये २१ जना ओली पक्षका छन् । तर अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका र ओली समूहमा नलागेका केही सांसद ‘तटस्थ’ देखिएका छन् । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा हुने १६ सांसदलाई निलम्बन गरेको ओली समूह प्रस्तावमा हस्ताक्षर गर्ने तर निलम्बन नगरेका २० र अन्य मौन बसेका सांसदलाई फकाउने प्रयासमा लागिपरेको छ ।

    प्रदेश १ को हिउँदे अधिवेशन ७ माघमा बोलाइएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री राईको दौडधूप बढेको छ । आफ्नो पक्षमा बहुमत जुटाउन नाना प्रयास गरिरहेका छन् । बहुमतका लागि उनले प्रचण्ड–माधव समूहका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री पद प्रस्ताव गरिरहेका छन् ।

    मुख्यमन्त्री राईले २१ जना प्रदेशसभा सदस्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई पनि सत्ता साझेदारीका लागि आग्रह गरिरहेको छ । उनले सरकार जोगाउन काङ्ग्रेससहित साना दलसँग पनि छलफल गरिरहेका छन् । साना तीन दलसँग पाँच सांसद छन् ।

    मुख्यमन्त्री राईसहित ओली समूहका नेताले माधवकुमार नेपालनिकट सांसदलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् । नेकपा प्रदेश इन्चार्ज तथा प्रचण्ड–माधव समूहका नेता भीम आचार्यसँग असन्तुष्ट रहेका सांसदलाई ओली समूहले फकाउने प्रयास गरिरहेको हो ।

    फकाउनका लागि मन्त्री पदसहित आगामी चुनावका लागि आर्थिक सहयोगको प्रस्ताव आएको सांसदहरू बताउँछन् । नेकपाका प्रदेश सांसद कुलप्रसाद साम्बा (कुशल)ले आफूलाई मन्त्री पदको अफर आएको बताए ।

    आफ्नो सरकार जोगाउन मुख्यमन्त्री राईले आफूहरूलाई मन्त्रीको पद र आर्थिक प्रलोभन देखाएको उल्लेख गर्दै उनले आफूले त्यो अस्वीकार गरेको बताए । सिद्धान्तमा कटिबद्ध रहेर पार्टीलाई रक्षा गर्दै अघि बढ्ने आफ्नो स्वभाव भएकाले आफू त्यस्तो प्रलोभनमा नफस्ने उनको भनाइ छ ।

    महिला सांसदलाई पनि ओली समूहले मन्त्री पदको प्रस्ताव गरिरहेको छ । ‘मलाई पनि मन्त्री पद र पैसाको प्रलोभन आएको थियो । अहिले पनि आइरहेको छ,’ प्रचण्ड–माधव समूहकी एक महिला सांसदले भनिन्, ‘प्रलोभन धेरै देखाएका छन् ।’

    प्रदेशमा १९ जनासम्मको मन्त्रिमण्डल बनाउन सक्ने प्रावधान छ । तीन वर्ष १० महिना छरितो मन्त्रिमण्डल बनाएका मुख्यमन्त्री राईले आफ्नो सत्ता टिकाउने सर्तमा जम्बो मन्त्रिमण्डल बनाउन तयार रहेको नेकपा ओली समूहका एक नेताले बताए । प्रचण्ड माधव समूहले पनि सांसदलाइ मन्त्री बनाउने अाश्वासन दिइरहेकाे छ ।

    काङ्ग्रेसलाई सहकार्यको प्रस्ताव
    प्रदेश १ मा नेपाली काङ्ग्रेस जता ढल्कियो उतै सरकार बन्ने अवस्था छ । प्रचण्ड–माधव समूह र ओली समूहले एक्लै सरकार बनाउन सक्ने अवस्था छैन ।

    सरकार बनाउनका लागि सत्तारुढ दलका दुवै समूहले अफर गरिरहेको नेपाली काङ्ग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बताए । ‘मुख्यमन्त्रीले काङ्ग्रेसको भरोसा गरेर अविश्वास प्रस्तावको सामना गर्छु भन्दै हुनुहुन्छ भने अविश्वासको प्रस्ताव हाल्नेले पनि प्रस्ताव पास हुन्छ भनेर काङ्ग्रेसकै भरोसा गर्नुभएको छ,’ उनले भने, ‘तर हामी कसको पक्षमा लाग्छौँ, त्यो निश्चित भइसकेको छैन ।’

    अनुचित बाटोबाट मुख्यमन्त्री बन्दिनँ : मुख्यमन्त्री
    मुख्यमन्त्री शेरधन राईले आफू अनुचित बाटोबाट मुख्यमन्त्रीमा टिकिनरहने बताउँछन् । आफूले कसैलाई मन्त्री पदको अफर नगरेको उल्लेख गर्दै उनले त्यो अनावश्यक आरोप भएको बताए ।

    ‘म सङ्घीयता र संविधान कार्यान्यन गर्न आएको मान्छे हुँ, मुख्यमन्त्रीमा नाम लेखाउन आएको होइन्,’ उनले भने, ‘म त्यस्तो प्रकारको तरिकाबाट आएको पनि होइन । मेरो दिमागमा त्यस्तो काम कहिल्यै हुँदैनन् । माथिल्लो सरकारमा बसेको मान्छे । यो प्रदेशको पहिलो मुख्यमन्त्री भएर प्रदेशलाई संस्थागत गर्ने सङ्घीयतालाई कार्यान्यन गर्ने जिम्मेवारीसहित आएको हुनाले पद जोगाउन मबाट मन्त्री बाँड्ने, पैसा बाड्ने, लोभ देखाउने काम हुन सक्दैन ।’  कोसी अनलाइनबाट

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution