भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली अस्पताल भर्ना भएका छन् ।
छातीमा पीडा भएपछि उनलाई कोलकातास्थित वुडल्याण्डस अस्पताल भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
स्क्रोल डट आइइन, इन्डिया टुडेले भने गांगुलीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताएका छन् ।
बीसीसीआईका अध्यक्ष बुधबार मात्र इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्ने बारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी) सँग छलफल गरेका थिए ।
शनिबार बिहान भने उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।