नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) विभाजनपछि दिनहुँ भेला, छलफलहरु भइरहेका छन् । ओली र प्रचण्ड–माधव पक्षले छुट्टाछुट्टै भेलाहरु गरिरहेका छन् ।
शनिवारका दिन पनि दुवै पक्षले विभिन्न भेलाहरु गर्दैछन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंमा शनिवार भेलाहरु राखेका छन् ।
नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले विहान ११ बजे रोयल बैंक्वेट तिनकुनेमा भेला राखेको छ । सो भेलामा अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले सम्बोधन गर्दैछन् ।
त्यसपछि कमलादीस्थित प्रज्ञाभवनमा नेकपा काठमाडौं जिल्ला कमिटीको आयोजनामा कार्यकर्ता भेलाको आयोजना गरेका छन् । सो भेलामा ओली प्रमुख वक्ताका रुपमा छन् । सो भेलामा इश्वर पोखरेल पनि वक्ता छन् ।
संसद विघटन असंवैधानिक कदम भन्दै आन्दोलनमा उत्रिएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले शनिवार दिनको ३ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दैछ । सो पत्रकार सम्मेलनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।
प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध २५ सय सदस्यीय रहेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति बनाइसकेको छ ।