रियालटी शो हुँदै भारतीय टेलिभिजनमा दुनियाँमा प्रवेश गरेका कपिलले हाल मानिसहरूलाई ‘द कपिल शर्मा शो’बाट मनोरञ्जन दिइरहेका छन्। त्यसअघि उनले ‘कमेडी नाइट विद कपिल’बाट पनि दर्शकलाई उत्तिकै मनोरञ्जन दिएका थिए।
टेलिभिजन कार्यक्रम, स्टेज शो तथा विज्ञापन प्रायोजन आदिबाट उनले गर्ने कमाइ पनि राम्रै छ। उनको कमाइ राम्रो छ भन्ने कुरा उनले सरकारलाई वार्षिकरूपमा तिर्ने करबाट समेत पुष्टि हुन्छ।
कपिलले एक वर्षमा १५ करोड भारू आयकर तिर्ने बताएका छन्।
उनले आफूले तिर्ने करको बारेमा स्वयं आफ्नो कार्यक्रमबाट बताएका थिए। सो कार्यक्रममा अभिनेत्री ऐश्वर्या राय प्रमुख अतिथि बनेर पुगेकी थिइन्।
टेलिभिजन कार्यक्रम, स्टेज शो तथा विज्ञापन प्रायोजन आदिबाट उनले गर्ने कमाइ पनि राम्रै छ। उनको कमाइ राम्रो छ भन्ने कुरा उनले सरकारलाई वार्षिकरूपमा तिर्ने करबाट समेत पुष्टि हुन्छ।
कपिल शर्माले एक स्ट्यान्डअप कमेडियनका रूपमा चर्चा कमाउन सुरू गरेको भए पनि उनको पूरा परिचय यतिमै सीमित हुँदैन।
त्यो बाहेक उनी राम्रो अभिनेता , उद्घोषक, कार्यक्रम सञ्चालक र गायक पनि हुन्।
उनी फोर्ब्स इन्डियाको शीर्ष सय सेलिब्रेटीको सूचीमा समेत अटाइसकेका छन्।