उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफुले जानेको मात्र पुष्प कमल दाहाल प्राण्डले ९ वटा सरकार गिराएको देखेको साथै प्रचण्डले पार्टीलाई टुक्रा टुक्रा पारी धुजा धुजा बनाउन मात्र जानेको आक्रोस व्यक्त गरे ।
नेकपा कास्की ओली समूहले पोखरामा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डलाई लक्षीत गर्दै कसैको गोठालो हुन नसकीने बताए।
उनले, ‘राम्रो कुरा भए मान्ने नराम्रो भएसी के मान्नु छ र जरुरी । हामी कम्युनिष्ट भनेको कसैको गोठालो हुने हैन । स्वाभिमान हुन्छ नी । कही विधी प्रक्रृया मान्ने हैन, कीन यीनले छोडे, घोका दिए भन्ने । आफ्ना गुरुलेत धोका दिइसके किरण, डा बाबुराम भट्टराई, विप्लवले त छोड्न पर्ने भयो हामी केका लागि बस्ने । पार्टी फुटाउने सरकार ढाल्ने, मन्त्री रायमाझीले प्रचण्ड तर्फ ईन्गीत भने मैले ९ वटा सरकार गिराएको मैले देखे, पार्टीको त टुक्रा टुक्रा । जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुन्छ, कुनै महाधिवेशन चुनावको सामना गर्नु नपर्ने अनि आफै टिका लगाएर आफै घोषणा गर्ने । अनि माओवादली लिगेसीको कुरा गर्ने ।’
सबैले सर्वसम्मत भएको नेतालाई मान्दा लिगेसी छाडेको हुन्छ भन्दै मन्त्री रायमाझीले प्रश्न गर्नुभयो, वहाँहरुले मान्दा लिगेसी छाडेको नहुने हामीले त्यही संस्थापनालाई मानिरहँदा लिगेसी छाडेको हुने ?
आफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पर्छाने कोसिस गरेपछि संसद विघटन गरेको उल्लेख गर्दै मन्त्री राजमाझीले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा लौजान खोज्नुभएको थियो, उहाँहरु आफै सडकमा जानुभयो । प्रधानमन्त्री वाहेक केही नदेख्ने आफ्नो जिम्मेवारी एकातरि छ काम अर्का तिर गर्ने, यसरी चल्छ । आफ्नै नेता र सांसदहरुले सरकार ढाल्ने हर्कत गरे पछि देशमा अस्थिरता र परिर्वतनका सिस्टमनै खत्तम हुने अवस्था भए पछि विघटन गरेर नयाँ जनादेश लिनुको विकल्प थिएन । निर्वाचनमा जाने भनेको सिस्टमलाई बचाउने कुरा हो ।’