पौष ८, २०७७
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।
आजको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।
कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि पौष ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
बैठकमा केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, बलबहादुर के.सी., आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव