नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले अहिले देखिएको विवाद पदका लागि नभएको दावी गरेका छन् ।
‘पदको हानाथाप होइन, कस्तो पार्टी बनाउने भन्ने विवाद हो,’ उनले मंगलबार आयोजित समानान्तर केन्द्रीय समिति बैठकमा भने, ‘नियम र अनुशासनमा बस्नुपर्छ भन्ने कुरालाई उहाँ (केपी ओली) ले घेराबन्दी भन्न थाल्नुभयो ।’
सरकारका दैनिक काम कारवाहीमा आफूहरुले हस्तक्षेप नगरेको र गर्नु हुँदैन भन्नेमा जानकार रहेको उनले बताए । तर नियुक्तिहरु, पार्टीका नीतिगत कुराहरु लागू गर्ने सवालमा पार्टीको निर्देशनलाई सरकारलाई मान्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘स्थायी कमिटी बैठकमा गरिएको निर्णयलाई पालना गर्नुभएन ।’