कोरोना भ्याक्सिन कतार आइपुग्यो, बुधबारबाट खोप लगाउन थालिने

दोहा- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको छ । भ्याक्सिन यहाँ आपुगेसंगै भोली अर्थात् बुधबारबाट खोप लगाउन थालिने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।

कतारले महामारीविरूछ आफ्नो इतिहासको सबैभन्दा ठूलो खोप कार्यक्रम सुरु गर्न लागेको डा. अल खलले बताए । सोमबार दोहामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा.खलले खोप वितरण गर्ने पहिलो चरण डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने समेत बताए ।

पहिलो चरणमा यस्ता व्यक्तिहरुले पाउने छन् खोप

७० वर्ष वा माथि उमेरका सबै व्यक्तिहलाई खोप दिइनेछ । कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू पनि खोपको प्राथमिकतामा पर्नेछन् । मुख्य मन्त्रालयहरूमा पहिलो भूमिका खेल्ने आधारभूत कार्यकर्ताहरूलाई खोपमा प्राथमिकता दिइने जनाइएको छ।

१६ वर्ष वा सो भन्दा बढी उमेर समूहका गम्भीर र दीर्घ रोगीहरूका लागि खोप उपलब्ध हुने डा. अल खलले बताए । सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू मार्फत खोप दिने जनाएको छ । अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ। कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *