ओली समूहका कार्यकर्ताले प्रचण्ड समूहको अध्यक्षलाई कार्यालयमै थुनिदिए

बेसीसहर: एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओली निकट युवा तथा विद्यार्थीहरुले नेकपा लम जुङकी अध्यक्ष मधुमाया अधिकारीलाई २ घण्टा कार्यालयमै थुनिदिएका छन् । गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी अधिकारी कार्याकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) निकट नेत्री हुन् ।

ओली निकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेसीसहरस्थित पार्टी कार्यालयको अध्यक्ष र सचिवको कार्यकक्षमा ताला समेत लगाएका छन् । नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेत्री मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो ।

सोमबार कार्यकक्षमा बसिरहेकी अधिकारीलाई ओली निकट युवा तथा विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नाराबाजी गरी ताला लगाएर थुनेका थिए । अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको बताइन्। युवा र विद्यार्थीले भने अध्यक्ष लाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको जिकिर गरेका छन् ।

ओली निकट युवा र विद्यार्थी अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएर ना’राबाजी गर्दै बजार परिक्रमा गरेका थिए । ‘आफ्नै अध्यक्ष र प्रधानमन्त्रीलाई घे’राबन्दी गरेर असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भने । अन्नपुर्ण पोस्टमा खबर छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *