काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको आरोप लगाएका छन्। संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने बताएका छन्। पछिल्लो समय ‘राजा आउ देश बचाउ’को नारा सडकमा घन्किदै गर्दा शाहले यस्तो अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्चालमा शाहले लेखेका छन् ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन्।’ पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाइ देशभरका जनताले बिरोध भइरहेको छ ।