मेस्सीको कीर्तिमान, जिते सातौं पटक पिचिचि ट्रफी

विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सातौं पटक पिचिचि ट्रफी जितेका छन् । २०१९–२० ला लिगाको सर्वाधिक गोलकर्ता रहँदै अर्जेन्टिनी स्टार मेस्सीले पिचिचि अवार्ड जितेका हुन् ।

अघिल्लो सिजनको ला लिगामा २५ गोल गरेका मेस्सीले प्रतिद्वन्द्वी क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमालाई उछिन्दै सो अवार्ड जितेका हुन् । यससँगै मेस्सीले सर्वाधिक धेरै सातौं पटक पिचिचि अवार्ड जितेका छन् उनी ला लिगाको इतिहासमा सबैभन्दा धेरै पिचिचि अवार्ड जित्ने खेलाडी पनि बनेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *