छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गंगामाया अधिकारीको आमरण अनसन सुरु

छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गंगामाया अधिकारीले आमरण अनसन थालेकी छन्।

लामो समयदेखि सत्याग्रहमा होमिएकी अधिकारीले पुन: सोमबारबाट अनसन सुरु गरेकी छन्।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा लाई कारवाहीको माग राख्दै गंगामायाले आजदेखि पानीसमेत नलिने गरी सत्याग्रह सुरू गरेकी हुन।

कोरोना महामारीपछि हाल वीर अस्पतालको ट्रमा सेन्टरको सातौं तलामा आइसोलेसनमा रहेकी गंगामायाले आइसोलेसन बेडबाटै सत्याग्रह सुरु गरेकी छन्।

गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए।

हत्यारालाई कारवाही हुनुपर्ने माग राख्दै अनसन बसेका गंगाका पतिको अनसनकै क्रममा मृत्यु भएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *