उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पोल खोलेका छन् ।
मन्त्री भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताए। प्रचण्ड पक्षकै नेता मानिएको उनले बालुवाटारमा आज ओली पक्षले बोलाएको सांसद भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको बताए।
भेलालाई सम्बोधन गर्दै भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबीसमेत गरे । तर सरकारलाई कामै गर्न नदिने र सधैं अनिर्णयको बन्दी गराउने षडयन्त्र भएको पनि उनको तर्क छ ।