टिकटकका लागि भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
उपचारका क्रममा युवकको सोमबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।