राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण संविधानविपरीतका कामहरू भएको बताए ।
उनले राष्ट्रपतिको निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए । अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम अगाडि बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताए ।
‘गैर संवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधानविपरीत संसद्को मर्म र भावनाविपरीत, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद् विघटनको प्रस्ताव गर्नुभयो,’ उनले भने ।