दुर्घटनामा घाइते छट्पटाई राखे , मुख्यमन्त्री सहितको भीआईपीको सवारी हेर्दानि नहेरी गयो…..

मोरङमा भएको सवारी दुर्घटनाको एउटा दर्दनाक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

जसलाई लिएर मुख्यमन्त्री शेरधन राईको धेरैले आलोचना गरिरहेका छन्।

भाइरल बनेको यो फोटोमा एउटा गाडीले स्कुटरलाई ठक्कर दिएर दुईजना सडकमा छट्पटाई राखेका छन्। त्यतिकैमा अगाडि पछाडि प्रहरीको स्कटिङमा भीआईपीको सवारी लस्करै अगाडि बढिरहेको देख्न सकिन्छ।

उक्त ठाँउ पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे हो। जहाँ आज दिउसो करिब साढे ३ बजे स्कुटर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका २ जना सडकमै छटपटाइरहेका थिए। दुर्घटनास्थलमा जम्मा भएकाहरुले प्रहरीलाई खबर समेत गरे।

सवारीको व्यवस्था नहुँदा तत्काल अस्पताल लान सकिएको थिएन। मुख्यमन्त्री शेरधन राई चढेको सवारी र पछुवा आएपछि त्यहाँ जम्मा भएकाहरुले गाडी रोक्न र सहायताको अपेक्षा गरेका थिए। तर, गाडी हुँइकिएपछि उनीहरुलाई तत्काल अस्पताल पुर्याउँन सकिएन। ढिलो गरि प्रहरीलाई खबर गरेपछि अस्पताल पुयाईएको थियो।

दुर्घटनामा घाइते हुनेहरु बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी हुन।

उनीहरुमध्ये खत्रीको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ।

सामाजिक सञ्जालमा जनप्रतिनिधि भएर मानवीयता नदेखाएको भन्दै मुख्यमन्त्री राईको आलोचना भइरहेको छ।

Image

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *