राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले देश संकटकाल हुँदै गृहयुद्ध तर्फ जानसक्ने संकेत गरेका छन्

राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले देश संकटकाल हुँदै गृहयुद्ध तर्फ जानसक्ने खतरा औंल्याएका छन्।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आइतबार संसद विघटन गरेसँगै विकसित राजनीतिक घटनाक्रमबारे बोल्दै विश्लेषक केसीले सर्वोच्च अदालतले सदर गर्नुपर्ने बताए।

राजधानीमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेको बताए।

उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा जान्छ र त्यसपछि गृहयुद्ध हुन्छ।’ ओलीको कदम असंवैधानिक भएपनि विगतमा बामदेव गौतम प्रकरणमा अदालतले उनको पक्षमा गरेको फैसला अनुसार बढेमा संसद बिघटनलाई सदर गर्ने विश्लेषण गरे। देशमा लोकतन्त्र नभई लुटतन्त्र मच्चिइरहेको तर्क गरे। अहिलेको विकसित घटनाक्रमले देशलाई सिध्याउन चाहनेलाई फाइदा पुगेको बताए।

उनले भने,‘देशमा गम्भीर संकट बढ्दैछ, जनता तत्काल जाग्नुपर्छ र यी नेताहरुलाई दण्डित गर्नुपर्छ।’ देश सिक्किमिकरणतर्फ बढेको भन्दै देश नै रहने हो होइन भन्ने अवस्था सृजना भएको बताए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *