अझै पनि पार्टी एकताकै पक्षमा छु |

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेको दुवै भेलामा सहभागी नहुने घोषणा गर्दै उनले संसद विघटनको विरुद्धमा रहेको स्पष्ट पारेका छन् ।

उनले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आयोजना गरेका दुवै भेलामा सहभागी नहुने उनले घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले संसद भंग गर्ने सिफारिस गरेपछि राष्ट्रपतिलाई टेलिफोनबाटै सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको भएपनि नपाएको उनले बताएका छन्।

‘मन्त्रिपरिषद्ले संसद भंग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्‍न चाहेको थिएँ। तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन,’ उनले भनेका छन्।

राष्ट्रपतिले फोन नउठाएपछि आफूले उनको सचिवालयमा पनि खबर गरेको बताएका छन्। त्यसपछि आफूले प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको उनले बताएका छन्। ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछु, राष्ट्रपतिलाई पठाएको सन्देशबारे उनले भने, ‘उहाँले यसलाई एकपटक मन्त्रिपरिषदमै फर्काइदिन उपयुक्त हुन्छ भनेको थिएँ। तर मेरो अनुरोधको सुनुवाइ नै भएन।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *