सिड्नीमा कोरोनाको प्रभाव देखिएपछि सबै राज्यको सीमा बन्द

अष्ट्रेलियाको सिड्नीको उत्तरी क्षेत्रमा एकाएक कोरोनाको प्रभाव देखिएपछि सबै राज्यले सीमा बन्द गर्नुका साथ कडाइ अपनाएका छन्।

डेढ महिनाअघि भिक्टोरियाको मेलवर्न क्षेत्रमा एकाएक समुदायमा कोरोना फैलिएका कारण तीन हप्ता कर्फ्यु लगाएर स्थिति शून्यमा झारिएको थियो। त्यसबेला सबैतिरबाट भिक्टोरियाबासीलाई यात्रा गर्न प्रतिबन्ध समेत लगाइएको थियो।

यस पटक पनि न्यू साउथवेल्स राज्यको सिड्नीको उत्तरी क्षेत्रमा तीन दिन ९० जना कोरोना संक्रमित भेटिएपछि सीमा बन्द गरिएङ्को हो।

स्रोत पत्ता नलागेको सो कोरोना प्रभाव तेस्रो दिन आउँदा १५ जनामा घटे पनि यसको जोखिमबाट बच्न भिक्टोरिया, क्विन्सल्यान्ड, साउथ अष्ट्रेलिया, वेस्ट अष्ट्रेलिया, एसिटी, नर्दन टरोटेरी र तास्मानियाले सिड्नीबासीलाई यात्रामा प्रतिबन्ध वा १४ दिने होटल क्वारेन्टाइनको प्रावधान राखेका छन्।होलिडेसमेत प्रतिबन्धका कारण खल्लो हुने भएको छ। विशेषगरी क्रिसमसमा सबै सरकारी तथा निजी व्यवसाय बन्द हुने कारण लामो बिदा हुने गर्दछ र सबैले त्यसको फाइदा उठाएर सपरिवार घुम्न जाने चलन छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *