प्रधानमन्त्री केपी शर्मा अोलीले भोलि बिहान ९ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन्।
बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।
यस्तै,अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले भोलि नै दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्।
दिउसो बानेश्वरमा बस्ने नेपाल र प्रचण्ड समूहको बैठकले ओलीमाथि कारवाही गर्ने निर्णय गर्दै साधारण सदस्यबाट समेत निष्काशन गर्ने तयारी गरेको छ।
नेपाल र दाहाल समूहले बैठक बोलाउनु अघिनै प्रधानमन्त्री अोलीले बैठक बोलाएका हुन।