गृहमन्त्री तथा नेकपाको सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’लाई निकटस्थहरुले प्रतिनिधि सभा विघटनको निर्णयको औपचारिक रुपमा विरोध गर्न र मन्त्री पदबाट तुरुन्त राजिनामा दिन दबाब दिएका छन् । गृहमन्त्री थापाले सोमबार विहान मन्त्रीनिवास पुल्चोकमा बोलाएका आफूपक्षीय नेताहरुको बैठकमा नेताहरुले मन्त्रीबाट राजिनामाका लागि दबाब दिएका हुन् ।
भेलामा सहभागी थापा पक्षीय एक नेताका अनुसार उनलाई अधिकांशले मन्त्रीबाट राजिनामा दिएर नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग सहकार्य गर्न दबाब दिएका छन् ।
जबाफमा गृहमन्त्री थापाले पार्टीमा जारी विवादमा अब बीचमा बस्ने समय नरहेको जवाफ दिएका छन् । उनले प्रतिनिधिसभा विघटनपछि कुनै धारणा सार्वजनिक गरेका छैनन् । उनले प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको बताइदै आइएको छ ।