‘बहुमतप्राप्त प्रधानमन्त्रीले मतादेशको सदुपयोग नभएपछि चुनावमा जानु नै राम्रो’

काठमाडौं, पुष ६, पूर्वसचिव रामेश्वर खनालले खाली कागजमा सही धस्काउनेहरु सांसद हुन नसक्ने बताउनु भएको छ । उहाले खाली कागजमा सही धस्काइदिएपछि उपद्रो त भईहाल्छ नि भनेर प्रतिक्रिया दिनु भएको छ ।

संसद बैठक बोलाउन भन्दै खाली कागजमा सही गराएपछि त्यसलाई नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव भन्दै पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख अग्नी सापकोटाले पेश गर्नुभएको थियो । सोही कुरालाई इंगित गर्दै खनाल भन्नुहुन्छ, ‘खाली कागजमा सही धस्काइदिने सांसद । हैट ! अनि हुन्न त उपद्रो ।’

उहाले मतादेशको सदुपयोग हुन नसकेपछि जनताको विचमै गएको राम्रो भन्दै मुद्दामामिलामा जान नहुने सुझाव समेत दिनु भएको छ । ‘बहुमतप्राप्त दलका निर्वाचित प्रधानमन्त्रीले मतादेशको म्याद गुज्रेको भनेर नयाँ चुनावको सिफारिस गरे पछि चुनावमा होमिनुको विकल्प मुद्दा होइन । मत माग्न आउनुहोस, हेरौंला’, उहाले भन्नुभएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *