विघटन भएको संसद पुनस्र्थापना हुन्छ : योगेश भट्टराई

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालयमा आयोजित औपचारिक बिदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अङ्गहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरेका हुन् । लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘यसलाई ट्रयाकमा ल्याउन मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अङ्गहरु स्वतन्त्र छन्, विवेक पु¥याउँछन्, त्यहाँका मान्छेहरु ठिक छन् भने शतप्रतिशतभन्दा पनि बढी विश्वासका साथ भन्छु संसद् पुनस्र्थापना हुन्छ ।’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानून र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतिक मूल्यलाई बोकेको छैन । जुनसुकै कारणले भए पनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो, गर्नुभयो । दुःखी छौँ ।’

भट्टराईको बिदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फूलगुच्छा र मायाको चिनो दिएका छन् । मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स–सम्मान बिदाई गरेका छन् ।

गत आइतबारको विकसित राजनीतिक घटनाक्रम सँगसँगै मन्त्री भट्टराईले हिजै आफ्नो राजीनामा घोषणा गरेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *