प्रचण्ड गुटले छक्कबहादुरको हस्ताक्षर दुरूपयोग गरेको खुलासा, लामा बालुवाटारको भेलामा

६ पुस, काठमाडौँ । विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाको हस्ताक्षर नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड गुटले दुरूपयोग गरेको पाइएको छ । लामा स्वंयले आफ्नो अर्कै प्रयोजनका लागि भनेर लिइएको हस्ताक्षर दुरूपयोग भएको बताएका छन ।

लामाले आफ्नो हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा दुरुपयोग भएको भन्दै आपत्ती समेत जनाएका छन् । अर्कै प्रयोजनमा पहिलेनै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको भन्दै लामाले आफू प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नगएको स्पष्ट पार्दै बालुवाटारमा भएको भेलामा सहभागी भएका छन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *