६४ प्रतिशत मतप्राप्त प्रधानमन्त्री हुँ, अदालतले विघटन रोक्न सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री भएकाले आफूले गरेको निर्णयमा अदालत बाधक नहुने बताएका छन् । आफू निकटका निवर्तमान सांसदहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बालुवाटारमा सोमबार बिहान भएको भेलामा सम्बोधन गर्दै भने, “प्रचण्ड–माधव नेपालको गठबन्धन अनावश्यक थियो, हामी एकैठाउँमा हुँदा पनि व्यवस्थापन गर्न सकेनौँ । लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको हो ।” ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यो निर्णय लिनुपरेको बताएका छन् ।

“संवैधानिक व्यवस्थाअनुसार हो कि होइन भन्ने विश्वको उदाहरण पनि हेर्नुपर्ने हुन्छ । अदालतले के गर्छ भन्ने प्रश्नमा ६४ प्रतिशत प्राप्त प्रधानमन्त्री हुँ । त्यसैले हामीबाहेक गठजोड हुँदा पनि म बहुमतमै हुन्छु । त्यसैले अदालतले अहिले रोक्न मिल्दैन ।”

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *