पार्टीका पाहुनाले प्रधानमन्त्रीलाई कारबाही गरे भन्‍नु हास्यास्पद : महेश बस्‍नेत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटको षड्यन्त्र गरेको बताएका छन्। प्रचण्ड र माधवकुमार नेपालनिकट स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेपछि ओलीनिकट नेता बस्नेतले यस्तो बताएका हुन्।

उनले अध्यक्ष दाहाललाई घरमा (पार्टी) पाहुना लाग्न आएको आरोप लगाएका छन्। ‘घरमा पाहुना लाग्न आएका व्यक्तिले छोराछोरीमध्येको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरेबापत घरधनीलाई घरबाट निकालेको जस्तै नौटंकी हो। यो कथित स्थायी कमिटीरुपी प्रचण्ड गुटको षड्यन्त्र’ उनले भनेका छन्।

प्रधानमन्त्री ओली अध्यक्ष दाहालभन्दा राजनीतिमा १० वर्ष पहिले लागेको उनले दाबी गरेका छन्। प्रचण्डले पूर्व-एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही गर्ने कुरा प्रचण्डको हैसियत नपुग्ने जिकिर गरेका छन्।

उनले कारबाही कसले कसलाई गर्छ समयले बताउने बताएका छन्। ‘के पी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्षपछाडि राजनीतिमा लागेका प्रचण्डले पूर्व-एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्वाही रे! विश्वको सबैभन्दा ठूलो प्रहसन मञ्चन हुदैछ’ उनले भनेका छन् ‘चार्ली चाप्लिङ्ग माथ खाने भए अब। आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौँला।’

‘कारबाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला। अनि कार्वाही कसले कसलाई गर्छ समयले बताउने छ। आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ। तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिने छन’ उनले भनेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *