काठमाडौं । उद्योगमन्त्रीसमेत रहेका नेकपाका नेता लेखराज भट्टले आफूले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पनि राम्रोसँग चिनेको भन्दै अहिले केपी ओली नेतृत्वको सरकारविरुद्ध लाग्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
बालुवाटार भेलामा आफ्ना धारणा राख्दै उनले भनेका थिए, “म पहिला पनि प्रचण्डसँग हिँडेको हुँ । केपी ओली नेतृत्वको सरकारले नराम्रो गर्यो भन्ने अवस्था थिएन । अहिले प्रधानमन्त्री हटाउने पर्ने अवस्था थिएन । यो सरकारको पक्षमा उभिनका लागि यो भेलामा सहभागी भएको हुँ ।”