आफैं संसद विघटन गर्ने, आफैं संसदीय दलको बोठक बोलाउने !

६ पुस– प्रधानमन्त्री केपी ओलीले आफैंले विघटन गरेका संसदका सदस्यहरुको भेला बोलाएका छन् । ओली पक्षधर सांसदहरुको भेला प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । भेलामा पूर्वमाओवादी तर्फका टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका खेलराज भट्टसमेत सहभागी छन् ।

ओली आफैंले विघटन गरेको प्रतिनिधिसभा सदस्ष्यहरुलाई संसदीय दल बैठकको नाममा बोलाइनुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषदमा मन्त्रीहरुको विरोधबीच प्रतिनिधिसभा विकटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपतिले हिजो आइतबारै मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन गर्दै आगामी १७ र २७ वैशाखमा मध्यावधि निर्वाचन मिति घोषणा गरेकी थिइन् । जसको सर्वत्र विरोध भइरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *