प्रचण्डको २८ कात्तिकको आरोपपत्रले संसद विघटन– इश्वर पोखरेल

काठमाडौं, पुस ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले अब नयाँ जनादेश लिएको बताउनु भएको छ । उहाँले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई सहयोग नगरेकाले नयाँ जनादेश लिनु परेको बताउनुभयो । उहाँले भन्नुभयो , प्रचण्डजीको २८ कात्तिकको आरोपपत्रले हामीलाई त्यहाँ पुर्‍यायो । सँगै बसेर काम गर्न सकिँदैन भन्ने सन्देश त्यसमा थियो ।

यस्तो निर्णय गर्दा सरकार अलोकप्रिय हुन्न भन्ने प्रश्नमा इश्वर पोखरेल भन्नुहुन्छ, अलोकप्रिय देखिन सक्छ, झट्ट हेर्दा । तर, ताजा जनादेश लिएर आउने भनिसकेपछि त्यो जनताको हितमा, देशको हितमा हुन्छ । संसद् भन्ने संस्थाकै विरोध गरेको ठहर्दैन । बरु अब नयाँ संसद् बन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *