प्रधानमन्त्रीविरुद्ध उनकै जिल्लामा नेकपाका विद्यार्थीको प्रदर्शन

भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा संघीय संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति संसद् विघटन गरेपछि ओलीको गृह जिल्लासमेतमा नेकपाका भ्रातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन। बिर्तामोडको मुक्ति चोकबाट सुरु गरिएको विरोध र्‍याली पश्चिम बस पार्कदेखि पूर्व बसपार्कसम्म परिक्रमा गर्दै पुनः मुक्ति चोकमा आएर कोण सभामा परिणत भएको थियो।

विरोध र्‍यालीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर युवा तथा विद्यार्थीले संसद् विघटन प्रतिगामी सिफारिस खारेज गर, तानासाह मुर्दावाद, फासिवाद मुर्दावाद र सर्वसत्तावाद मुर्दावादको नारा लगाएका थिए।

कोण सभामा बोल्दै राष्ट्रिय युवा संघ नेपाल झापाका सहसंयोजक दधि रिमालले ओलीको प्रतिगमनकारी सरकारलाई घुँडा टेकाउन हामी सडकमा उत्रिएको बताए। त्यस्तै अनेरास्ववियू विद्यार्थी संगठन झापाका संयोजक अनिल सुवेदीले संसद् विघटनजस्तो असंवैधानिक कार्यमा प्रधानमन्त्री ओली लागेर जनताले दिएको बहुमतको अपमान गरेको आक्रोश पोखे।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *