गगन थापाले भने – प्रचण्ड-माधव हुतिहारा हुँदा यस्तो अवस्था आयो

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमा गम्भीर प्रश्‍न गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस अनुसार आजै संसद विघटन गरिदिएपछि गगनले राष्ट्रपतिको कार्यशैलीमा प्रश्‍न उठाएका हुन्।

संसद विघटनको विरोधमा नयाँ बानेश्वरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले आजदेखि राष्ट्रपति भण्डारी प्रधानमन्धत्री केपी ओलीको ग्याङ्गको सदस्य मात्रै रहेको टिप्पणी गरे।

नेता थापाले राष्ट्रपतिले सार्वभौम संसदविरुद्ध अपराध गराएको उनले बताए। ‘सार्वभौम संसदविरुद्ध अपराध गराउँछिन् भने उनले राष्ट्रपति हुने नैतिकता राख्दिनन्’, थापाले अगाडि भने, ‘संविधानविरुद्धका अपराध गर्ने अपराधीलाई अब सडकबाट ठीक लगाउँछौं। यो व्यवस्थाविरुद्ध उत्रिएका राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई तह लगाउनुपर्छ।’

नेता थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल हुतिहारा भएकाले यस्तो अवस्था आएको पनि बताएका छन्। उनले यसअघि संसदमा पनि प्रधानमन्त्री ओलीलाई आराम गर्न दिन नेताहरुलाई सुझाएको स्मरण गरे। ‘प्रधानमन्त्री अस्वस्थ हुनुहुन्छ आराम गर्न दिनूस् भन्दा नेकपाका नेतारुले मानेनन्’, उने भने, ‘अहिले उनीहरु हुतिहारा निस्किँदा संसदलाई मार्ने काम भयो।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *