‘अहिलेलाई नो कमेन्ट, बेला आएपछि बेली विस्तार सुनाउँछु’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव आइतबार बिहानको मन्त्रिपरिषद्को बैठकमा सुनाउँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा असहमति जनाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीको कदमपछि ज्ञवालीले पनि राजीनामा दिने हल्ला चलेको थियो । संसद्को कृषि समितिमा सामूहिक राजीनामा दिन पुग्दा परराष्ट्रमन्त्री ज्ञवाली पनि आउने हल्ला थियो । तर गलत कामको विरोध गर्ने छवि बनाउनुभएका परराष्टमन्त्री ज्ञवाली संसद् विघटन प्रकरणमा भने बोल्नुभएको छैन ।

विभिन्न घटनाक्रमप्रति सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पनि प्रतिक्रिया दिने मन्त्री ज्ञवालीले संसद् विघटन हुँदा पनि केही लेख्नुभएको छैन ।

संसद् विघटन प्रकरणमा मन्त्री ज्ञवालीको धारणा बुझ्न खोज्दा उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यो विषयमा अहिलेलाई नो कमेन्ट, बेला आएपछि बेली विस्तार सुनाउनेछु, अहिले म केही पनि बोल्न चाहन्न ।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *