संसद विघठन गर्ने निर्णय स्वागतयोग्य : नारायणमान विजुक्छे

काठमाडौं, पुष ५, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको स्वागत गर्नुभएको छ । उहाले देशलाई अप्ठेरो परेपछि निकासका लागि सरकारले नयाँ निर्वाचनको मिति घोषणा गरेको बताउनु भयो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघठन गरेपछि संचारकर्मीसँग बोल्दै उहाले यो निर्णय स्वभाविक भएको स्पष्टपार्नुभयो । ‘सरकारले देशलाई अप्ठ्यारो परेको सूचना पाएपछि गरेको निर्णय स्वागतयोग्य छ’, उहाले भन्नुभयो, ‘यसलाई नेमकिपा स्वभाविक रुपमा लिन्छ र समर्थन गर्छ ।’

अध्यक्ष विजुक्छेले पछिल्लो निर्णयलाई लिएर राष्ट्रपतिलाई आलोचना वा गाली गर्न नमिल्ने समेत बताउनु भयो । नेपालको वर्तमान राष्ट्रपति खोपाको देउता जस्तै भएकाले सरकारको सिफारिस कार्यन्वयन गर्नु उहाको संवैधानिक दायित्व पनि भएको स्पष्ट पार्नुभयो । उहाले अब सबै दलले तोकिएको मितिमा निर्वाचनमा गएर देशलाई नयाँ निकास दिनुपर्ने बताउनु भयो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *