देउवानिकट जयबहादुर चन्द अख्तियार आयुक्त सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा जयबहादुर चन्दको नाम सिफारिस भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट चन्दलाई मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले सिफारिस गरेको थाहा भएको छ।

चन्द पूर्वएआइजी हुन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए। तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको थियो। चन्द सुदूरपश्चिमका हुन्। यस्तै, अख्तियारकै अर्का आयुक्तमा किशोरकुमार सिलवालको नाम सिफारिस भएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *