वर्तमान राष्ट्रपति र प्रधानमन्त्री रहेसम्म लोकतन्त्र माथि खतरा रहिरहन्छ : बाबुराम भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद वि’घटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रि परिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष लगेका थिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । उनले वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको टिम रहेसम्म लोकतन्त्र माथि ख’तरा रहि रहने बताएका छन् । भट्टराईले पहिल्यै साख गुमाइ सकेको राष्ट्रपति संस्थाले ‘जो रक्षक उही भक्षक’ को भूमिका निर्वाह गर्नु कुनै आश्चर्यको कुरा नभएको बताएका छन्।

नेता डा बाबुराम भट्टराईले ट्वीटरमा भनेका छन्, ‘वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको टिम रहेसम्म लोकतन्त्र माथि ख’तरा रहि रहने छ भनेर हामीले भन्दै आएको कुरा पुनर्पुष्टि भएको छ, प्रतिगमनका अरू शृंखला क्रमश: उद्घाटित हुन सक्छन् । प्रतिरोध गरौं!’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *