सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहमा रहेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका छन्। केही मन्त्रीहरूको प्रतिवादका बाबजुद् प्रधानमन्त्री ओलीले आइतबार बिहानको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।
संसद विघटनको निर्णय असंवैधानिक भएकाले त्यसलाई खारेज गर्नुपर्ने बरिष्ठ नेता खनालले बताए। ‘प्रचण्ड र हाम्रा मन्त्रीहरूले तुरून्तै राजीनामा दिएर आउनुपर्छ। त्यहाँ बसेर काम छैन,’ खनालले भने। यसअघि बिहान बालुवाटारमा बसेको बैठक ओली पक्षधर मन्त्री प्रदीप ज्ञवालीसहित मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुषाल र योगेश भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिवाद गरेका थिए।