प्रचण्ड-नेपाल समूहले देशव्यापी प्रदर्शन गर्दै, सि‌ंहदरबारमा सांसदको भेला

काठमाण्डाै – संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुद्ध सत्तारुढ नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् । काठमाण्डौमा दिउँसाे ३ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने युवा संगठनका नेता रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिनुभयो । प्रदर्शनको नेतृत्व युवा तथा विद्यार्थी संगठनले गरे पनि पार्टीका अरु नेता कार्यकर्ता पनि सहभागी हुने उहाँको भनाइ छ । देशैभरका जिल्ला सदरमुकाम र मुख्य सहरमा पनि प्रदर्शनको तयारी भएको दीपशिखाको भनाइ छ ।

यस्तै प्रधानमन्त्री ओलीको कदमको समीक्षा र आउँदाे रणनीति तय गर्न नेकपाका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन् । पार्टी संसदीय दलको कार्यालयमा सांसदहरु भेला भएका छन् । भेलाले कुनै निष्कर्ष निकाल्ने र सार्वजनिक गरिने एक सांसदले जानकारी दिएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *