ओलीको कदम अधिनायक आकांक्षाको अन्तिम प्रयत्नः विश्वप्रकाश शर्मा

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको प्रधानमन्त्री केपी ओलीको निर्णय उनको अधिनायक आकांक्षाको अन्तिम प्रयत्न रहेको बताएका छन् । आइतबार बिहान ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रवक्ता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं,’ उनले ट्वीट सन्देशमा लेखेका छन्, ‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ।’

उनले यो कदमलाई अस्थिरताको पराकाष्ठा भएको प्रक्रिया दिएका छन् । उनले प्रधानमन्त्री ओलीले संसद विघटनका लागि गरेको सिफारिस लोकतन्त्रमाथिको प्रहार भएको टिप्पणी गरे । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको यस्तो कदमप्रति नेपाली कांग्रेसले कडा प्रतिवाद गर्नेसमेत बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *