बढ्यो कालो मार्सी चामलको मूल्य, प्रतिक्विन्टल २५ हजार रुपियाँ

हुम्ला । हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ । कालो मार्सी चामलको माग बढे पछि मूल्य वृद्धि भएको हो । एक क्विन्टल मार्सी चामल किन्नु भएकी सिमकोट बजारकी मधु बस्नेतले प्रतिकेजी २५० रुपियाँ परेको बताउनुभयो । कालो मार्सी चामल मधुमेहका बिरामीका लागि बढी फाइ दाजनक हुने भएकाले यसको माग बढ्दै गएकाले पनि महँगो परेको उहाँको भनाइ छ ।

गत वर्षसम्म प्रतिकेजी २२० रुपियाँ पर्ने मार्सी चामलको मूल्य यस वर्ष ३० रुपियाँ वृद्धि भएको हो । दक्षिणी हुम्लाबाट २२ क्विन्टल मार्सी चामल बाख्रामा ढुवानी गरेर ल्याउनुभएका अदानचुली गाउँपालिका–२, मकै गाउँका दत्त बुढा सबै चामल प्रतिक्विन्टल २५ हजार मा बिक्री भएको जानकारी दिनुभयो । उहाँले यस वर्ष उत्पादन कम र पैदल चार दिन लगाएर ल्याउन परेपछि मूल्यमा वृद्धि भएको बताउनुभयो ।

त्यसैगरी अर्का व्यापारी रामबहादुर विष्टले ३० क्विन्टल कालो मार्सीको चामल ल्याएर बिक्री गरेको उल्लेख गर्नुभयो । सदरमुकाम सिमकोट पु¥याउन समस्या भए पनि बिक्रीका लागि भने कुनै समस्या छैन । हिमपात नभए एकपटक चामल ढुवानी गरेर ल्याउने उहाँले बताउनुभयो । तल्लो हुम्लाबाट बर्सेनि एक सय क्विन्टल कालो मार्सी धानको चामल भित्रिने गरेको छ । गोरखापत्र दैनिकमा खवर छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *